समाज


विद्युत पोलमा विज्ञापनको बोर्ड फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई घाइते

विद्युत पोलमा विज्ञापनको बोर्ड फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई घाइते

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:२४, काठमाडौँ

दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा रूकुम पूर्व पुथा उत्तरगंगा घर भई क्यु डाई कन्सलटेन्सी प्रालि कन्सल्टेन्सीमा जापानी भाषा पढाउने शिक्षक वर्ष २८ का महेश विक रहेका छन्।

विद्युत कार्यालय नजिकै कन्सलटेन्सीले जापानीज भाषाको पुरानो विज्ञापन बोर्ड हटाई नयाँ बोर्ड राख्ने क्रममा उक्त बोर्डको फलामले विद्युतको पोलको तारमा छुन गई उनलाई करेन्ट लागि गम्भीर घाइते भभएका थिए।

उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही कन्सल्टेन्सीका विद्यार्थी रूकुम पूर्व भुमे गाउँपालिका–४ बस्ने वर्ष १८ की मनिता विक र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका घर भई बोर्ड परिवर्तनका लागि सहयोगीका रुपमा आएका वर्ष १६ को अर्जुन कर्तेल करेन्ट लागेर गम्भीर घाइते भएका छन्।

उनीहरू दुवैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि हाल थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .