ad ad

समाज


एकतर्फी खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग

एकतर्फी खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग

नेपालखबर
बैशाख २०, २०८० बुधबार १६:२३, हेटाैँडा

पृथ्वी राजमार्ग अन्तर्गत धार्केमा अवरुद्ध सडक एकतर्फी खुलेको छ। धार्के बजार नजिकै रहेको गणेश खोला पुल पुनः भासिएपछि सामान्य मर्मत गरेर एकतर्फी सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सोमबार अपरान्ह ४ बजे भारिएको सडकको निर्माण गरेर मंगलबार बिहान १० बजेपछि मात्रै खुलेको राजमार्ग पुनः भासिएपछि यातायात अवागमन केहीबेर अवरुद्ध भएको थियो। सडकको निगरानीसहित एकतर्फी बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डीएसपी) सन्तु जैयसवालले जानकारी दिए।

मंगलबार बिहान सडक भासिएको ठाउँमा ग्यावीन भर्ने काम सकिएपछि अवरुद्ध रहेको सडक १८ घण्टापछि खुलेको थियो। ग्यावीन भरिएपनि जोखिम रहेको भन्दै एकतर्फी मात्रै सञ्चालन भएको राजमार्ग पुनः अर्को ठाउँबाट भासिएको हो। सवारी एकतर्फी सुचारु गर्दै सडक निर्माण पनि गरिने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .