ad ad

राजनीति


मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी

मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश जारी

नेपालखबर
बैशाख २०, २०८० बुधबार १६:२८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।

अध्यादेशमार्फत् मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागिएको छ।

मिटरब्याज पीडितसँग गत चैत १७ गते सरकारले गरेको सहमतिअनुसार कानुन संशोधन गर्न सरकारले अध्यादेश ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .