समाज


डाटा हराएपछि आयोगले भन्यो- मंसिर, पुस र माघमा खुलाइएको विज्ञापनमा पुन: आवेदन दिनुहोस्

डाटा हराएपछि आयोगले भन्यो- मंसिर, पुस र माघमा खुलाइएको विज्ञापनमा पुन: आवेदन दिनुहोस्

नेपालखबर
बैशाख २०, २०८० बुधबार ९:५७, काठमाडौँ

लोकसेवा आयोगले जेठ महिनामा सञ्चालन गर्नेगरी तोकिएको परीक्षाका लागि पुन: दरखास्त माग गरेको छ।

आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद् आदि सेवामा गत मंसिर, पुस र माघ महिनामा खुलाइएको विज्ञापनमा पुन: आवेदन दिन भनेको हो।

आयोगको अनलाइन दरखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा २०७९ फाल्गुन २३ गते समस्या आएको थियो। त्यसयता डाटा रिकभरीको काम भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के-कति डाटा रिकभरी हुने भन्ने यकिन थाहा नभएपछि जेठदेखि सञ्चालन हुने परीक्षामा आवेदन दिएकालाई पुन: आवेदन दिन आयोगले जानकारी गराएको हो।

जेठ १८ गतेभित्र पुन:दरखास्त पेश गरिसक्नुपर्ने आयोगले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .