समाज


कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १८:८, काठमाडौँ

वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनको राप्ती नगरपालिका–९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसी सेक्युरिटी गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .