समाज


भीमदत्त नगरपालिकामा दुई दिन विद्यालय बन्द

भीमदत्त नगरपालिकामा दुई दिन विद्यालय बन्द

नेपालखबर
पुस २३, २०७६ बुधबार १५:२३,

कञ्चनपुरको भीमदत्त नगरपालिकाले दुई दिन नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्ने जनाएको छ।

चाँडो र शीतलहरका कारण विद्यार्थीलाई विद्यालय आउन जान तथा पठनपाठनमा समेत समस्या भएकाले बिहीबार र शुक्रबार गरी दुई दिन विद्यालय बन्द गरिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए।

‘चिसोले विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले सञ्चित बिदा मिलान गर्ने गरी सामुदायिक र संस्थागत विद्यालय बिदा दिने निर्णय गरेका हौँ’ उनले भने, ‘चिसो हटेमा विद्यालयहरु सञ्चालन गर्न सकिनेछ।’ अत्यधिक चिसो बढेपछि गत मङ्सिरमा समेत नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad