चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन्। तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ।
उनका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ।
उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ।
यस्तै बैठकले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको संयोजकत्वमा जिल्लास्थित १३ स्थानीय तहको प्रतिनिधित्व हुने गरी विपद् व्यवस्थापनका लागि सूचना तथा अन्य सहकार्यका लागि समितिसमेत गठन गरिएको छ। समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा उद्धार तथा विपद् प्रतिकार्यका लागि अपनाउनुपर्ने पूर्वतयारीमा सरोकारवाला निकाय सक्रिय हुने निर्णय गरेको छ।
पौडेलले सबै स्थानीय तह, रेडक्रस, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल तथा सञ्चारकर्मी, सङ्घ संस्था तथा युवाको समेत विपद् न्यूनीकरणमा सक्रियता हुने गरी योजना निर्माण तथा आवश्यक तयारी गरिएको बताए।
आफ्नो क्षेत्रको भौगोलिक बनावट र प्रत्येक वर्ष मनसुनको समयमा उत्पन्न हुने बाढी, पहिरो तथा डुबानको दौरान प्रभावित सर्वसाधारण नागरिकलाई विपद्का घटनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने सबै तहका निकायले समन्वयात्मक रुपमा विपद्को तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी ढङ्गले परिचालन हुने कार्यलाई निरन्तरता दिइने भएको हो।
साथै, समितिले सरोकारवाला निकायको जिम्मेवारी अनुसारको समन्वय बैठक सञ्चालन गर्ने, जिल्ला, स्थानीय तहको सम्पर्क व्यक्ति र जिम्मेवारी अद्यावधिक गर्ने, तालिम सञ्चालन गर्ने, विवरण सङ्कलन गर्नेलगायतका योजना निर्माण गरी कार्यान्वयन सुरु गरेको जनाएको छ।
बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विपद्का क्षेत्रमा स्थानीय तहको जिम्मेवारीभित्र पर्ने आवश्यक दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
Shares

प्रतिक्रिया