ad ad

समाज


आज इदुलफित्र

आज इदुलफित्र

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८० शनिबार ६:३४, काठमाडौँ

इस्लाम धर्मावलम्बीले आफ्नो महान् पर्व ‘इदुलफित्र’ मनाउँदै छन्। यो पर्वका लागि मुसलमानले एक महिना व्रत बसेका थिए। जसलाई ‘रोजा’ भनिन्छ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन्। बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ।

रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।

दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानामा व्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन छ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने गर्दछ। इदुलफित्र मनाउन आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिक रूपमा नमाज पढ्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .