समाज


एसी मिलान १६ वर्षपछि सेमिफाइनलमा

एसी मिलान १६ वर्षपछि सेमिफाइनलमा

नेपालखबर
बैशाख ६, २०८० बुधबार ७:११, काठमाडौँ

एसी मिलान १७ वर्षपछि सेमिफाइनलमा पुगेको छ।

सिरि ए प्रतिद्वन्द्वी नेपोलीलाई हराउँदै सन् २००७ पछि मिलान पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। 

गएराति भएको खेलमा नेपोलीसँग एक-एक गोलको बराबरी भएपनि समग्रमा २–१ को जित नतिजा निकाल्दै एसी मिलान अन्तिम चारमा पुगेको हो। 

घरेलु मैदानमा नेपोलीले ७४ प्रतिशत बल पोजिसन बनाएपनि एस मिलानलाई रोक्न नसक्दा क्वाटर्टरफाइनलबााटै बाहिरिन पुग्यो। 

खेलको ४३ औँ मिनेटमा जिरुडको गोलमा मिलानले खेलमा सुरुवाती अग्रता बनाएको थियो। राफयल लियोको पासमा जिरुडले गोल गर्दै मिलानलाई  सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको इन्ज्युरी समयमा ओस्मिहेनले गोल गर्दै नेपोलीलाई बराबरीमा ल्याए। 

त्यसअघि दुवै टोलीले पेनाल्टीको सुन्दर अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad