ad ad

समाज


मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने ५१ वर्षीया महिला पक्राउ

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने ५१ वर्षीया महिला पक्राउ

नेपालखबर
बैशाख ४, २०८० सोमबार १८:२०, काठमाडौँ

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका– १० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

उनलाई प्रहरीले काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँबाट पक्राउ गरेको हो। 

वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाएएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .