ad ad

समाज


कारागारमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली

कारागारमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली

नेपालखबर
बैशाख ३, २०८० आइतबार २२:३३, काठमाडौँ

दाङ तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्।

आइतबार बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताए। 

बेलुकी ८ः४० बजेतिर उनले डीयूटीमै रहेको हतियारबाट कन्चडमा गोली हानेका हुन्। उनको घटनास्थलमै ज्यान गएको छ। 

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसी केहीदिन अघिमात्रै कारागार सुरक्षामा खटिएका थिए। 

घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .