ad ad

समाज


१०४ युवाले रक्तदान गरी मनाए नयाँ वर्ष

१०४ युवाले रक्तदान गरी मनाए नयाँ वर्ष

नेपालखबर
बैशाख २, २०८० शनिबार ८:२७, काठमाडौँ

काठमाडौंमा रक्तदान गरी युवाहरूले नयाँ वर्ष मनाएका छन्।

वैशाख एक गते शुक्रबार रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा काठमाडौंमा १४० जनाले रक्तदान गरेका हुन्।

जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पनि थापागाउँमा युवा संगठनको आयोजनामा भएको रक्तदानमा बिहान ८ बजे पहिलो रक्तदान गरेका थिए। युवाहरूले नियमित रक्तदान गरुन् र नयाँ युवाहरू पनि यसमा आकर्षित होउन् भन्ने मेरो अभिलाषा रहेकोले आफूले ८४ पटकको रक्तदान गरेको उनले बताए। 

रिडिङ रुम फाउण्डेसनले मध्यबानेश्वरमा, श्वेता रक्तदान अभियानले वसन्तपुरमा र शान्तिज्ञान सत्संग भजन मण्डलले डिल्लीबजारमा पनि युवा लक्षित रक्तदान कार्यक्रम आयोजना गरेका थिए। 

वैशाख १ र २ गते नयाँ वर्षको उपलक्ष्यमा उपत्यका र उपत्यकाबाहिर रक्तदानका कार्यक्रम आयोजना भइरहेका रेडक्रसका प्रादेशिक र जिल्ला रक्तसञ्चार सेवाहरूले बताएका छन्। तर ती सहज रगत आपूर्तिमा अझै अपर्याप्त छन्। तराईमा अहिले चैत्र, वैशाखमा राम्रैसँग संकलन सेडुल भएपनि गर्मी बढेसँगै रक्तदानमा कमी हुनसक्ने चितवन, विराटनगर, धनगढी र नेपालगञ्जका रेडक्रस रक्तसञ्चार इन्चार्जहरूले चिन्ता व्यक्त गरेका छन्।

लहान, सिरहामा रक्तदान बढाउन  सञ्चार माध्यमबाट युवा लक्षित प्रचारात्मक र अनुरोधात्मक अभियान सुरु गरिसकेको इन्चार्ज मनिष यादवले जानकारी दिए।  

उत्सव मनाउने एउटा तरिका रक्तदान पनि  हो भन्ने धारणा बढेकोमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले खुशी व्यक्त गरे।

नेपालमा कुल रक्तदातामध्ये १८ देखि ३० वर्ष उमेर समूहमा पचास प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २९ प्रतिशत छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .