ad ad

समाज


विमानस्थलबाट अमेरिकी डलर र यूरोसहित १२ जना पक्राउ

विमानस्थलबाट अमेरिकी डलर र यूरोसहित १२ जना पक्राउ

नेपालखबर
चैत २८, २०७९ मंगलबार १९:३७, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर र यूरोसहित १२ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नौ जना नेपाली र तीन विदेशी रहेका छन्। 

चैत २७ र २८ गते विभिन्न एयरलाइन्सद्वारा काठमाडौंबाट दुवई प्रस्थान गर्न लागेका यात्रुहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। 

ती यात्रुको साथबाट यूरो जम्मा ९१५ र अमेरिकन डलर जम्मा ४५ हजार ५३३ विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुको राहदानी चेकजाँच गर्दा उल्लेखित परिमाणको रकमको दरपिठ गरेको नदेखिएको साथै अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लान लागेकाले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
                                        

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .