समाज


नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखबर
चैत २८, २०७९ मंगलबार १७:४९, काठमाडौँ

आफू कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स नं. दुरुपयोग गरी लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजारकोटको छेडागाड नगरपालिका वडा नं १२ घर भएका वर्ष ४९ को भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भन्ने मान बहादुर सिंह रहेका छन्।

बैकिङ कसूर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिने र मुद्दा मिलादिने बहानामा सर्वोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक–पटक गरी ३१ लाख रकम लिई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ परेका सिंहउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएका चेकहरु, विभिन्न व्यक्तिका नागरिकता प्रमाणपत्र, भिसाकार्डलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ।  

साथै, ती व्यक्तिबाट ठगिएका पीडितहरु भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .