समाज


सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक, रिकभरको प्रयास हुँदै

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक, रिकभरको प्रयास हुँदै

नेपालखबर
चैत २८, २०७९ मंगलबार १४:३६, काठमाडौँ

सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहानबाट पेजमा समस्या आएको हो। 

सशस्त्र प्रहरीका एसएसपी तथा प्रवक्ता राजेन्द्र खड्काका अनुसार अहिले पेज रिकभरको प्रयास भइरहेको छ। 

‘फेसबुक पेजमा बिहानबाट प्राविधिक समस्या आएको हो,’ खड्काले नेपालखबरसँग भने, ‘हाम्रो आइटी टिमले अहिले हेरिरहेको छ। रिकभरको प्रयास भइरहेको छ।’

पेज भियतनामी भाषामा पोस्ट भएको छ।

यसअघि पनि नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .