ad ad

समाज


सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई खारेज गर्ने त्रिविको चेतावनी (सूचनासहित)

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई खारेज गर्ने त्रिविको चेतावनी (सूचनासहित)

नेपालखबर
चैत २८, २०७९ मंगलबार ७:३३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूसँगको सम्बन्धन नवीकरण नगर्ने क्याम्पसहरूलाई खारेज गर्ने चेतावनी दिएको छ। 

त्रिविले मंगलबार ‘त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना’ जारी गरी कतिपय क्याम्पसले अझै सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरूलाई त्रिविको नियमानुसार खारेज गर्ने जानकारी दिएको हो। तर यस विषयमा कुनै मनासिब कारण भए आगामी वैशाखसम्म सम्बन्धित डिन कार्यालयमा निवेदन दिन भनिएको छ। 

सूचनाअनुसार नवीकरण भएका क्याम्पसहरूले भने त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जानकारी दिएको छ। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .