समाज


प्रहरीले भरतपुरमा सञ्चालनमा ल्यायाे आधुनिक पेट्रोल पम्प

प्रहरीले भरतपुरमा सञ्चालनमा ल्यायाे आधुनिक पेट्रोल पम्प

नेपालखबर
पुस २१, २०७६ सोमबार ३:२९,

भरतपुर महानगरपालिका-२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको पेट्रोल पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गरेका छन्।

करिब छ कट्ठा जमिनमा तीन करोड १७ लाख खर्च गरेर पम्प निर्माण गरिएको हो।

पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालयसमेत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

पम्पमा डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ। एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ।

दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने कोइरालाले जानकारी दिए। प्रहरीको कोषअन्तर्गत काठमाडौँको नक्साल, सामाखुशी र पथलैयामा पेट्रोल पम्प सञ्चालन भइसकेको छ।

कार्यक्रममा सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय भण्डाराका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख टेकबहादुर तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, नेकपा प्रदेश कमिटी सदस्य बद्रि तिमिल्सिना, काँग्रेस जिल्ला सचिव राजीव न्यौपानेलगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad