समाज


तिब्बती शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

तिब्बती शरणार्थी नेपाली नागरिकतासहित पक्राउ

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १७:४३, काठमाडौँ

प्रहरीले तिब्बेती शरणार्थीलाई नेपाली नागरिकतासहित पक्राउ गरेको छ। नेपालमा नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको खुलेपछि २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नक्कली कागजात पेश गरेर तिब्बेतीयनलाई नागरिकता दिलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो। 

उनी तिब्बतबाट भारतको बिहार, दिल्ली हुँदै २ वर्ष पहिले काठमाडौं आएको खुलेको छ। उनी बौद्धको बुद्ध तुशाल क्याम्पमा बसोबास गर्ने गरेको खुलेको छ।

उनले क्याम्पमा बसोबास गर्ने ब्यक्ति मार्फत नेपाली नागरिकता बनाउन कृष्ण बहादुर कटुवाललाई सम्पर्क गरेको खुलेको अनुसन्धान कार्यालयले जनाएको छ।

कृष्ण बहादुर कटुवालले निमा ल्हामो गुरुङको नेपाली नागरिकता बनाई दिए बापत ५ लाख लिएको पनि प्रहरीको दाबी छ। 

उनको साथबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नेपाली नागरिकता पनि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .