मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटको श्री सरस्वति नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रपछि थप दुई विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
सार्वजनिक मावि केराबारीबाट १२७ र जनता मावि सुन्दर हरैचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
आज बिहान मात्रै सरस्वति माविबाट ५२ नक्कली परीक्षार्थी पक्राउ परेका थिए।
मोरङको तीन वटा परीक्षा केन्द्रबाट एकैदिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले पुष्टि गरे।
आज भइरहेको सामाजिक विषयको परीक्षा दिने क्रममा उनीहरू पक्राउ परेका हुन्।
30
Shares

प्रतिक्रिया