ad ad

समाज


ट्रम्पमा नैतिकताको कमी छ, चीनको सोच साँघुरो छः दलाई लामा

ट्रम्पमा नैतिकताको कमी छ, चीनको सोच साँघुरो छः दलाई लामा

नेपालखबर
असार १२, २०७६ बिहिबार ६:१६,

तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा नैतिक चेतनाको कमी भएको बताएका छन्।

बीबीसीले लिएको अन्तर्वार्तामा दलाई लामाले ट्रम्पको आलोचना गरेका हुन्।

उनले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै भने,‘ट्रम्पमा नैतिक चेतनाको अभाव छ, उनको मन बदलिरहन्छ।’

दलाई लामाले राष्ट्रपति ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिको समेत आलोचना गरे। उनले अमेरिकासँग विश्वव्यापी जिम्मेवारी भएको बताउँदै अमेरिका स्वार्थी बन्नु नहनुे धारणा राखे।

आप्रवासनसम्बन्धी युरोपेली प्रवृत्तिबारे पनि दलाई लामाले धारणा राखेका छन्। उनले ईयूले थप आप्रवासी स्वीकार गर्दै उनीहरूलाई शिक्षा र तालिम दिनुपर्ने बताए। त्यसो गर्दा ती आप्रवासी बलियो भएर आफ्नो देश फर्कने र देश बनाउन सक्ने उनको धारणा छ।

सो क्रममा उनले तिब्बत फर्किने आशा अझै भएको बताएका छन्। यद्यपी चीन सरकारको साँघुरो सोचका कारण आफू तिब्बत फर्कन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .