ad ad

समाज


बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

सांकेतिक तस्बिर


नेपालखबर
चैत २०, २०७९ सोमबार २१:१६, काठमाडौँ

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन्।

गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घाइते हुनेमा पञ्चेश्वर–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर–५ मस्नेटाका ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, चार वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र तीन वर्षीय रोशन भट्ट रहेका छन्। 

पञ्चेश्वर–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन्। घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ।

जिप दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायत सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .