समाज


अस्ट्रेलियाको आगलागीले लोप हुने खतरामा जनावर

अस्ट्रेलियाको आगलागीले लोप हुने खतरामा जनावर

नेपालखबर
पुस २०, २०७६ आइतबार १०:५०,

गत सेप्टेम्बर महिनायता जारी झाडीमा लागेको आगलागी हाल झन भीषण बन्दै अनियन्त्रित अवस्थामा पुगेको छ।

३ महिनायता जारी आगलागीले झन्डै ५० करोड जनावर मरेपछि केही जनावर लोप हुने खतरा रहेको युनिभर्सिटी अफ सिड्नीलाई उदृत गर्दै सीएनबीसीले जनाएको छ।

हालसम्म आगलागीले २५ जना मानिसको ज्यान गएको छ। २५ सय घर जलेर नष्ट भएका छन्।

आगलागीले ८ हजार कोअलाको ज्यान गएको बताइएको छ। कोअलाको लोप हुने खतरामा रहेको जनाइएको छ।

Image result for kangaroo fleeing from fire

कोअलासँगै अति नै दुर्लभ मानिएको सानो मुसा मार्सुपियल पनि लोप हुने अवस्थामा पुगेको छ। यस्तै युरोपेली मुसा डुनार्ट्स पनि लोप हुने खतरामा छ।

आगलागीले अनगिन्ती किरा, फट्याङ्रा, कंगारु, हरिण, मृग, स्याल, चराहरु मरेको जनाइएको छ।

अस्ट्रेलियाका सबैजसो राज्यमा आगलागी जारी छ। सबैभन्दा बढी आगलागी न्युसाउथ वेल्समा लागेको छ।

त्यहाँ सबैजसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ। आकाश पुरै रातो देखिएका छन्।

न्युसाउथ वेल्समा ७ दिनका लागि संकटकालको घोषणा गरिएको छ।

Related image

Image result for kangaroo burnt

Related image

Related image

 Related image

Related image

Image result for australia fire aerial

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad