समाज


सर्वसाधारणबाट ४८ लाख ठगी गर्ने लम्साल बर्दिबासबाट पक्राउ

सर्वसाधारणबाट ४८ लाख ठगी गर्ने लम्साल बर्दिबासबाट पक्राउ

नेपालखबर
असार १२, २०७६ बिहिबार ४:४,

सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक व्यक्ति महोत्तरीबाट पक्राउ परेका छन्।

आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटीको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो।

लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा हुन्। हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ।

लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए।

लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad