मन्डा बेस्थित केन्याको जलसेना शिविरमा अल सबाबले अमेरिकी विमान लक्षित हवाई आक्रमण गरेको यूएस न्युजले जनाएको छ।
अल सबाबले बिहान ४ बजेदेखि चार घन्टासम्म उक्त सैन्य क्याम्पमा आक्रमण गरेका थिए। अमेरिकी सेना र केन्याका सेनाले आक्रमणको प्रतिकार गर्दै जवाफी कारवाही गरेको थियो।
यस घटनामा कतिले ज्यान गुमाए भन्नेबारे केही खुलेको छैन। यद्यपी अल सबाबले जारी गरेको विज्ञप्तीमा दुवै समूहलाई मानवीय क्षति भएको जनाएको छ।
अमेरिका र केन्याले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। अल सबाबले सोमालिया र केन्यामा हिंस्रक गतिविधि गर्दै आएका छन्। एजेन्सी

प्रतिक्रिया