नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।
यसअघि मुगुको भिइ केन्द्रबिन्दु भएर यही चैत १० गते ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो। रासस
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया