काठमाडौंको कपनस्थित माउन्ट एभरेष्ट स्कुलमा अध्ययनरत एक छात्र १० दिनदेखि बेपत्ता भएका छन्।
अछामको बान्नीगढी गाउँपालिका–१ गाज्रा घर भई एभरेष्ट स्कुलमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीय राजन कडारा चैत ४ गतेदेखि बेपत्ता भएका हुन्।
स्कुल जान भनि घरबाट हिँडेका उनी स्कुल नगएरै बाटैबाट बेपत्ता भएको बुबा कृष्ण कडाराले बताए।
उनले बेपत्ता छोराको खोजीका लागि सबैसँग आग्रह गरेका छन्। आफन्तले सबै तिर खोजे पनि फेला नपरेको उनका आफन्त चेतमान कडाराले बताए।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया