सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर एक बालको मृत्यु भएको छ।
शम्भुनाथ नगरपालिका- ३ ट्राफिक चोकमा पोखरीमा डुबेर स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पोखरीमा डुबेर बेहोस भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी नरेश कुमार सिंहले जानकारी दिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
6
Shares
प्रतिक्रिया