ad ad

समाज


किशोरमाथि गोली प्रहार गरि फरार रहेका सिंहको खोजी तीव्र

किशोरमाथि गोली प्रहार गरि फरार रहेका सिंहको खोजी तीव्र

नेपालखबर
पुस १७, २०७६ बिहिबार ७:९,

महोत्तरीमा किशोरमाथि ‘गोली प्रहार गरी फरार भएका’ विनय सिंहलाई जिल्लाको प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजी तीव्र पारेको जनाएको छ।

‘गोली हानेर भारततर्फ भागेको भन्ने जानकारी प्राप्त भएको हुँदा भारतीय प्रहरीसँगको समन्वयमा खोजी तीव्र पारिएको छ,’ प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।

महोत्तरीको जलेश्वर नगरपालिका–५ विसनपुरका एक किशोरमाथि बुधबार गोली प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। स्थानीय अस्पतालले उनको उपचार जिल्लामा असम्भव भन्दै ती घाइतेलाई काठमाडौं पठाएको छ।

१४ वर्षीय अक्षय कापरलाई पिकनिक मनाउन गएको बेला त्यहि ठाउँका अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि हानी भागेको घाइते किशोरका परिवार सदस्यहरुले बताएका छन। भारतसँगको सीमा छेउमैं बुधबार साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।

अहिले उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा भइरहेको घाइतेको परिवारका सदस्यले बताए।

‘घट्नालगत्तै विनय सिंहको परिवारको एक सदस्यलाई नियन्त्रणमा लिइएको छ। फरार सिंहको खोजी जारी छ,’ प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।

गोलिबाट गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएकोमा अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरेको थियो।
पिकनिक मनाउन गएका उनलाई साँझ गोलि लागेको अवस्थामा घर ल्याएपछि तुरुन्तै जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको घाइतेकी काकी उसादेवि कापरले बताइन्।

किशोरको पहिला कसैसँग रिसइवि झैझगडा भएको जानकारी समेत नभएको उनले बताइन।

स्थानीय अस्पतालले काठमाडौं पठाएपछि राती नै एम्बुलेन्सबाट राजधानीतर्फ लगिएको हो।

याे पनि ः

महोत्तरीमा किशोरमाथि गोली प्रहार, स्थानीय अस्पतालले पठायो काठमाडौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .