भारतको हिन्दुत्ववादी भारतीय जनता पार्टीका नेताहरुले धर्म र संस्कृतिबारे अन्टसन्ट अभिव्यक्ति दिनु नौलो होइन। उनीहरु पटकपटक अपुष्ट, असत्य र हास्यास्पद टिप्पणी र दाबी गर्ने गर्छन्।
यही क्रमलाई निरन्तरता दिएका छन् केन्द्रीय पशुपालन मन्त्री गिरिराज सिंहले।
उनले भारतीयहरुलाई गाईको मासु खान नदिन स्कुलको तल्लो कक्षादेखि नै भागवत गीता पढाउनुपर्ने बताएका छन्।
‘हामी हाम्रा बच्चालाई मिसनरी स्कुल पठाउँछौँ। उनीहरु आईआईटी पास गर्छन्। इन्जिनियर बन्छन्। विदेश जान्छन् र धेरैजसो गाई खान थाल्छन्। किन?’ सिंहको भनाइ एएनआईले उधृत गरेको छ, ‘किनभने हामी उनीहरुलाई हाम्रो संस्कृति र परम्परागत मूल्य सिकाउँदैनौँ। त्यसैले स्कुलमा भागवत गीता पढाउनुपर्छ।’
प्रतिक्रिया