ad ad

समाज


दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका संयोजक चितवनबाट पक्राउ

दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका संयोजक चितवनबाट पक्राउ

नेपालखबर
फागुन २४, २०७९ बुधबार ११:२२, काठमाडौँ

झापाका विवादित व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।

थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले बताए।

दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन्। उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए। 

त्यही कार्यक्रममा थापालाई कालोमोसो दस्ताको संयोजक घोषणा गरेका थिए। संयोजक थापाले बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने घोषणा गरेका थिए। 

कार्यक्रममा मोसो लेखिएका टिसर्टमा युवाहरु परिचालन पनि गरिएको थियो। दस्ताको धम्कीपछि बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर ध्यानाकर्षण गराएका थिए। 

प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवनका एक सदस्य मेघराज पौडेलले थापालाई पक्राउ गरिएको पुष्टि गरे। 

पक्राउ परेकाा थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ। नछाडिएमा आन्दोलन थाल्ने चेतावनी पौडेलले दिएका छन्। 

थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए। 

'अहिले सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ', पण्डितले नेपालखबरसँग भने, 'मुद्दा चलाउने भएपछि हामी थप विवरण सार्वजनिक गर्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .