सैनिक श्रीमती संघले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको स्क्रिनिङ सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सैनिक श्रीमती संघको संयोजकत्व र नेपाल क्यान्सर केयर फाउण्डेशनको सहकार्यमा यही फागुन २४ गते ललितपुरको गोदावरी नगरपालिका–५, लेलेमा शिविर सञ्चालन गर्न लागिएको हो।
विहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म सञ्चालन हुने शिविरमा, स्वास्थ्य परीक्षणका लागि दिउँसो २ बजेसम्म नाम दर्ता गराउन सकिने नेपाली सेनाले जनाएको छ।
15
Shares
प्रतिक्रिया