जिल्ला अदालत काठमाडौंले क्रिकेटर शरद भेषवाकरको सम्पत्तिको विवरण माग गरेको छ।
निशा अधिकारीले अंश मुद्दा दायर गरेपछि अदालतले शरदको सम्पत्तिको फाँटबारी माग गर्ने आदेश दिएको हो।
आइतबार जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासमा निशाको निवेदनमाथि सुनुवाइ भएको हो।
केही वर्षको प्रेमपछि २०७४ असारमा विवाह गरेका थिए। २०७५ मा उनीहरुबाट छोराको जन्म भएको थियो। निशाले छोरालाई पनि अंश माग गरेकी छन्।
अंश मुद्दा दायर गरे पनि उनीहरुको तत्काल सम्बन्धविच्छेद हुने छैन। सम्बन्धविच्छेदका लागि छुट्टै मुद्दा दायर गर्नुपर्छ।
निशाले सम्बन्धविच्छेद नगरी अलगै बस्न चाहेको उनले दिएको निवेदनबाट पुष्टि हुन्छ।
1.6k
Shares
प्रतिक्रिया