समाज


बसले किच्दा बारामा एक जनाको मृत्यु

बसले किच्दा बारामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
फागुन २१, २०७९ आइतबार १६:३४, काठमाडौँ

बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ।

आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको हो। 

बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएको थियो। 

तर उपचार हुन नपाउँदै मियाँको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ। 

बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad