समाज


सर्लाहीमा पिकअप भ्यानको ठक्करबाट अटो चालकको मृत्यु

सर्लाहीमा पिकअप भ्यानको ठक्करबाट अटो चालकको मृत्यु

नेपालखबर
फागुन २१, २०७९ आइतबार १५:३२, सर्लाही

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।  

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१० घर भएका ३४ वर्षीय दीपक स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। 

शनिबार साँझ बागमती प्रदेश ०१–०२५ च ००७ नम्वरको पिकअप भ्यानले प्रदेश २–०२–००१ ह ०३३३ नम्वरको अटोलाई ठक्कर दिँदा स्याङ्तान गम्भीर घाइते भएका थिए।

उनलाई लालबन्दीमा सामान्य उपचार थप उपचारको लागि राति नै वीरगञ्ज लगिएको थियो। उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा पिकअपका चालक धादिङको थाक्रे गाउँपालिका–११ का २३ वर्षीय सुनिल सुनुवार पनि सामान्य घाइते भएका छन्। प्रहरीको निगरानीमा उनको लाबन्दीमै उपचार भइरहेको छ। 

जंगल क्षेत्रमा दुवै सवारी साधन तीब्र गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad