प्रहरी नायब उपरीक्षक (डीएसपी) दीप्ति कार्की अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) को नेशनल एकाडेमीको तालिमका लागि छनोट भएकी छन्।
नेपालबाट छनोट हुने दीप्ति पहिलो महिला प्रहरी अधिकारी हुन्। एकेडेमीले १० हप्ता सञ्चालन हुने तालिममा विभिन्न देशका प्रहरी अधिकारीहरुसँगै अमेरिकाका अधिकारीहरुलाई सामेल गर्दै आएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले तालिममा कार्कीलाई छनौट गरिएको जानकारी दिएको छ।
हाल नेपाल प्रहरीमा यो तालिम गरेका दुई जना मात्रै अधिकारीहरु छन्।
तालिममा कार्कीले आफ्नो अनुभव शेयर गर्ने मौका पाउनेछिन्।
45
Shares

प्रतिक्रिया