समाज


पैदल यात्रीलाई ठक्कर दिएर फरार टिपर सीसीटीभी फुटेजको आधारमा नियन्त्रणमा

पैदल यात्रीलाई ठक्कर दिएर फरार टिपर सीसीटीभी फुटेजको आधारमा नियन्त्रणमा

नेपालखबर
फागुन १५, २०७९ सोमबार २०:४०, रुपन्देही

रातको समयमा महेन्द्र राजमार्गमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिपर र चालकलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको छ।

यही फागुन १२ गते रातको ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाको–८ सूर्यनगरस्थित पूर्वपश्विम महेन्द्र राजमार्गको छेउमा एकजना पुरुष चोटपटक लागि गम्भीर घाइते भई लडिरहेको अवस्थामा फेला परेका थिए। 

प्रहरीलाई खबर हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी पुगी टाउकोमा गहिरो चोटलागी गम्भीर घाइते रहेका नाम थर तत्काल नखुलेका पुरुषलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पठाइएको थियो।

एक्लै पैदल हिँडिरहेका पाल्पा जिल्ला रैनादेवी छहरा ८ घर भएका ३१ वर्षिया पुरन पेग्नी मगरलाई ठक्कर दिएको खुलेपनि ठक्कर दिने सवारी पत्ता लागिसकेको थिएन। 

तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी स्थलगत रुपमा खटिई अनुसन्धान गर्दा ६ चक्के टिपरले ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ। पछि थप अनुसन्धानकै क्रममा उक्त टिपर पहेलो रंगको भएको र महेन्द्र राजमार्गबाट भित्री सडकखण्डमा गई फरार रहेको विभिन्न सीसीटीभी फुटेजको अनुसन्धानबाट खुल्न आयो।

त्यसपछि उक्त टिपरको खोजि गर्दा अर्को दिन दिउँसो मात्र सैनामैना नगरपालिका ७ आमी भन्ने स्थानमा घर पछाडिको भागमा एउटा पहेँलो टिपर फेला पर्यो र फेला परेको टिपरसँग घटनालाई तुलनात्मक अनुसन्धान गर्दा सोहि टिपरले नै पुरन पेग्मीलाई ठक्कर दिई फरार भएको खुलेपछि प्रहरीले तत्काल २३ वर्षीय धन बहादुर थारुलाई पक्राउ गरेको हो।

पक्राउ परेका टिपर चालकलाई ईलाका प्रहरी कार्यालय सालझण्डीमा राखी सवारी अंगभंग मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको छ।

घाइते रहेका पुरन पेग्नी मगरको टाउकोमा गहिरो चोट देखिएको छ भने हाल उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नै राखेर उपचार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad