समाज


आइतबारसम्म यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आइतबारसम्म यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार ७:११, काठमाडौँ

आजदेखि आइतबारसम्म देशका केही प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो। यसैगरी प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिलाई वर्षाको सम्भावना भने छैन। राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै शनिबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

बुलेटिनअनुसार शानिबार राति प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने वर्षाको सम्भावना छैन। यसबाहेक प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

यसैगरी आइतबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। यसबाहेक देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

बुलेटिनअनुसार आइतबार राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ तर वर्षाको सम्भावना छैन। यसबाहेक आइतबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

माैसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मकाे माैसम अनुमान गर्ने गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad