समाज


६५ लाख ठगेर फरार ब्यक्ति पक्राउ

६५ लाख ठगेर फरार ब्यक्ति पक्राउ

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:३५,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६५ लाख रुपैयाँ ठगेर फरार कसुरदारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ बस्ने ४१ वर्षीय देव नारायण महर्जन रहेका छन्।

उनलाई उच्च अदालत पाटनको गत २०७५ असार १२ गतेको फैसलाले ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। २०७३ असार १४ गते महर्जनले पीडितहरुलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाम भएको अनुसन्धानबाट खुल्न आएको थियो।

लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले मंगलबार काठमाडौं असनबाट उनलाई पक्राउ गरेको हो। 

महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यक कारवहीको लागि नख्खु कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .