ad ad

समाज


जसपाको विधान अधिवेशन चैत अन्तिम साता हुने

जसपाको विधान अधिवेशन चैत अन्तिम साता हुने

नेपालखबर
फागुन ८, २०७९ सोमबार १९:११, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आगामी चैतको अन्तिम साता हुने भएको छ। आइतबार र सोमबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले चैत २७, २८ र २९ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको प्रचार विभागले जानकारी दिएको छ।

समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन्। 

मूल व्यवस्थापन समितिले आवश्यक्ता अनुसार उपसमिति बनाउन सक्नेछ। 

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरेको छ।

केन्द्रीय सदस्यद्वय जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमखुको जिम्मेवारी दिइएको प्रचार विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .