समाज


देशका केही स्थानमा हिउँ पर्ने सम्भावना

देशका केही स्थानमा हिउँ पर्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०७९ सोमबार ६:४८, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। 

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक दुई स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .