ad ad

समाज


नुवाकोटमा यात्रुबस दुर्घटना, तीनको मृत्यु, २० जना घाइते

नुवाकोटमा यात्रुबस दुर्घटना, तीनको मृत्यु, २० जना घाइते

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १८:०, काठमाडौँ

नुवाकोटमा एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ। 

बिहीबार अपराह्न ४ बजे बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काका अनुसार बट्टारबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। 

दुर्घटनापछि बस चालक भागेका छन्। ज्यान गुमाउने दुई पुरुषमा विदुर नगरपालिका ३ निवासी ६३ वर्षीय बाबुराम दर्जी, त्यहीँका ७८ वर्षीय रामप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान भइसकेको छैन। 

यो बसमा सवार अन्य २० यात्रु घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। बस सडकबाट २० फिट तल खसेर दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .