ad ad

समाज


भण्डारीको स्वास्थ्यलाभ गर्दै कीर्तिपुर अस्पतालमा कांग्रेस नेताहरू

भण्डारीको स्वास्थ्यलाभ गर्दै कीर्तिपुर अस्पतालमा कांग्रेस नेताहरू

नेपालखबर
फागुन ४, २०७९ बिहिबार ९:५७, काठमाडौँ

ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएका प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ। 

कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीका आमाछोराको अवस्था गम्भीर भएपछि भारत लाने तयारी गरिएको हो। कांग्रेसका शीर्ष नेताहरु कीर्तिपुर अस्पताल पुगेका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरु अस्पताल पुगेका हुन्।

भण्डारीको दुवै हाात र दुवै गोडामा गरी ३० प्रतिशत शरीर जलेको कीर्तिपुर अस्पपतालले जनाएको छ। 

आमाको जीउका अधिकांश भाग जलेको छ। 

यसअघि राति नै महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल पुगेका थिए। अस्पतालका अनुसार प्रारम्भिक उपचार पश्चात आईसीयूमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .