बैंकर रविना देशराजले इन्गेजमेन्ट गरेकी छन्।
दुई दिनअघि भ्यालेन्टाइन डे मनाउन जान लागेको जानकारी दिएकी उनले प्रणय दिवसको राति सामाजिक सञ्जालमार्फत इन्गेजमेनट गरेको जानकारी दिएकी हुन्।
उनले भ्यालेन्टाइन डेको लागि एक घरबाट अर्को घर जान लागेको सामाजिक सञ्जालमा लेखेकी थिइन्। त्यसको दुई दिनपछि अर्थात् प्रणय दिवसमा रिङ साटेको फोटो समेत सार्वजनिक गरेकी छन्।
डेढ महिनाअघि सेलिब्रिटी बैंकर रविनाले आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी थिइन्।
केही समयअघि मात्र मैगा बैंकको कामू सीईओबाट राजीनामा दिएकी उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन्।
उनका प्रेमी बेलायत निवासी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान हुन्।
1.2k
Shares

प्रतिक्रिया