ad ad

समाज


हुलाक सेवाको संरचना परिवर्तन गर्न लागिएको छ–  सञ्चारमन्त्री शर्मा

हुलाक सेवाको संरचना परिवर्तन गर्न लागिएको छ–  सञ्चारमन्त्री शर्मा

नेपालखबर
माघ २९, २०७९ आइतबार १३:२४, देउखुरी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  हुलाक सेवाको परम्परागत संरचना परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन्।  

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्त रूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताएकी हुन्।

उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ।’

उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याबारे मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन्। आगामी दिनमा पत्रकार र सञ्चार  क्षेत्रको सबलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने  र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन्। 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .