समाज


दशरथ रंगशालामा भ्रमण वर्ष उद्घाटनको रिहर्सल (भिडियाे)

दशरथ रंगशालामा भ्रमण वर्ष उद्घाटनको रिहर्सल (भिडियाे)

प्रविन कोइराला
पुस १४, २०७६ सोमबार १३:३८,

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन आउँदो जनवरी १ (पुस १६ गते) का दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले गर्दैछिन्।

भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको बताए। पुस १६ गते दिउँसो ४ बजेबाट दशरथ रंगशालामा औपचारिक कार्यक्रम शुरु हुने उनले बताए।

उद्घाटन समारोह तीन घण्टा चल्नेछ। उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने कार्यक्रम छ। यस्तै विविध सांस्कृतिक प्रस्तुति हुनेछन्। त्यसैको पूर्व तयारी हाल रंगशालामा जारी छ। रंगशालामा लाइटिङहरु, होर्डिङहरु लगाउनेक्रम जारी छ।

 

यस्तै रंगशालामा सांस्कृतिक प्रस्तुतीका रिहर्सलहरु भइरहेका छन्। उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यान्मार लगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन्।

सरकारले १८ देशका ३५ भन्दा बढी पत्रकारलाई समेत बोलाउने भएको छ। सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad