कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिबाट कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको धारणा माग गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सले सोमबार आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरि कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्नेबारे निजी क्षेत्रको राय मागेका हुन्।
उनले सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफू ढृढ संकल्पित रहने बताए। निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकिकृत रुपमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र मिली सम्बोधन गर्नुपर्ने धारणा राखे।
मन्त्री भुसालले आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभै मुलुक विकसित नहुने भन्दै परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन गर्नुपर्ने पनि बताए।
सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषि कर्जाको सहज, सरल र सस्तोमा उपलब्धता हुनु पर्ने बताए। उनले कृषि विउविजन खरीद गर्न सस्तो सुलभ र सहुलियनपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनु पर्ने बताए। यस्तै, कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदा उपभोतmा बढि मारमा परेका उनको भनाई थियो।
कार्यक्रममा चेम्बर समितिका सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरण, श्रम लागत श्रमिकले आफै लिन सक्ने, नार्कको भूमिका, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, बीमा कृष मैत्री हुनुपर्ने, कृषि कर्जाको संरक्षण हुनुपर्नेमा बुँदागत सुझाब पेश गरे।
सो अवसरमा चेम्बरका पदाधिकारी, कृषि समितिका सदस्य, कृषि उद्यमी व्यवसायी र निजी क्षेत्रका सरोकारवालहरुले समेत आफ्नो सुझाब पेश गरेका थिए।

प्रतिक्रिया