ad ad

समाज


कोरोनाविरुद्ध ३० लाख बुस्टर डोज ल्याउने तयारी, १५ लाख खोप फागुन ३ भित्र

कोरोनाविरुद्ध ३० लाख बुस्टर डोज ल्याउने तयारी, १५ लाख खोप फागुन ३ भित्र

फाइल फोटाे


नेपालखबर
माघ २३, २०७९ सोमबार १८:२४, काठमाडौँ

सरकारले फागुनको पहिलो साता कोरोना विरुद्धको १५ लाख डोज खोप ल्याउने भएको छ। 

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरासियाका अनुसार फागुन ३ गतेसम्म कोभ्याक्स सुविधामार्फत फाइजरको १५ लाख डोज खोप ल्याउन लागिएको हो। 

कोभ्याक्स मार्फत ३० लाख डोज खोप नेपाल ल्याउने तयारी भएकोमा पहिलो लटमा १५ लाख डोज खोप ३ फागुनसम्म ल्याउने भनेर पत्राचार गरिएको उनले नेपालखबरलाई जानकारी दिए। 

‘दुई लट गरेर ३० लाख फाइजर खोप आउने कुरा हो। हिजोसम्म फागुन ३ गतेभित्र १५ लाख डोज आउने भन्ने छ। यो चाहिँ बुस्टर डोजका लागि प्रयोग गरिने छ’ उनले भने।

केही सयम पहिला छिमेकी मुलक चीन र भारतमा कोरोना भाइरस बढेसँगै खोपको माग पनि बढिरहेको उनले बताए। 

खोपको माग बढेपछि खोप ल्याउने तयारी गरिएको थियो तर अहिले विश्व लगायत नेपालमा कोरोना संक्रमण निकै कम भएकाले खोप लगाउनेको सहभागिता नहुने हो कि भन्ने लागेको उनले जानकारी दिए। 

काठमाडौं लगायत प्रदेशका १० वटा खोप भण्डारण केन्द्रमा ४० लाख डोज भेरोसेल खोप रहेको उनले जानकरी दिए। 

‘४० लाख खोप ल्याएको एक वर्ष पुग्न लागेको छ’ उनले भने, ‘यो खोपको म्याद दुई वर्षसम्म हुन्छ। खोप सल्लाहाकार समितिले खोपलाई बुस्टर वा अरु तरीकाले कसरी हुन्छ प्रयोग गर्ने विषयमा छलफल गरिहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .