सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारीसाधनलाई प्रवेशको व्यवस्था मिलाएको छ।
अपाङ्ग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।
यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाइरहेका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउने गरेको छ।
‘गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो’, मन्त्री अर्यालले भने।
अपाङ्ग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरू सवार भाडाका गाडीलाई सहज रूपमा सिंहदरबार प्रवेश गराउने उनले बताए। रासस
प्रतिक्रिया