ad ad

समाज


वैदेशिक रोजगारीमा जानेका लागि विमानस्थलमा राखिएको डेस्क हटाइयो

वैदेशिक रोजगारीमा जानेका लागि विमानस्थलमा राखिएको डेस्क हटाइयो

फाइल तस्बिर।


नेपालखबर
माघ १७, २०७९ मंगलबार ११:५०, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन जाँच गर्न वैदेशिक रोजगारीमा जानेका लागि रहेको छुट्टै डेस्क हटाइएको छ।

वैदेशिक रोजगारीमा जानेहरुलाई अपमान गर्ने गरी छुट्टै डेस्क रहँदै आएकोमा यसलाई हटाइएको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले बताए। 

वैदेशिक रोजगारीमा जानेलाई पनि अन्य सरह सहजरुपमा अध्यागमन चेकजाँचको व्यवस्था मिलाउन श्रम मन्त्रालयले गृह मन्त्रालयमा माघ ९ गते पत्राचार गरेको थियो।

माघ ११ गते गृह मन्त्रालयले यस्तो व्यवस्था मिलाइसकेको जानकारी दिएको सहसचिव घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .