ad ad

समाज


२ हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा जाँच

२ हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा जाँच

नेपालखबर
माघ १६, २०७९ सोमबार १५:२७, काठमाडौँ

नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजनामा बाँकेका विभिन्न ४ विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रममा फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका २१४ जना र धम्बोझि माध्यामिक विद्यालयका १ हजार ८५० जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए।

आँखा जाँच गरिएका विद्यार्थीमध्ये दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .